केजीएफ स्टार यश : बस चालकका छोरा कसरी बने २५० करोडको फिल्म खेल्ने पहिलो अभिनेता ?

कन्नड अभिनेता यशले आज ३५ औं जन्मदिन मनाइरहेका छन् । यशको जन्म सन् १९८६ को जनवरी ८ मा भएको हो । उनी कर्नाकटको सानो गाउँमा हुर्किएका थिए । उनको असली नाम नवीन कुमार गौडा हो । यशका पिता अरुण कुमार गौडा कर्नाटक स्टेटमा बस चालकको काम गर्ने गर्दथे ।
यशले एक अन्तरवार्तामा उनका पिता बस चालक भएको खुलाएका छन् । उनले केजीएफको प्रीरिलीजको एक कार्यक्रममा राजामौलीले भनेका थिए, ‘म यशका पिता बस चालक थिए भन्ने सुनेर अचम्ममा परेँ । मेरो लागि यशभन्दा उनका पिता ठूलो अभिनेता हुन् ।’
यश सानैदेखि अभिनेता बन्न चाहान्थे । उनले एकपटक विद्यालयको एक कार्यक्रममा फिल्मको सिन अभिनय गरेका थिए । जसले उनलाई आफू अभिनेता भएको भान भयो । पढ्दापढ्दै उनले १२ कक्षापछि पढाई छोडिदिए । त्यसपछि नाटक मण्डलीमा भाग लिए । उनलाई परिवारमा अभिनेता बन्न छुट थिएन । तर उनले परिवारको विरुद्ध गएर आफ्नो अभिनय गर्ने सौख पूरा गरे । परिवारलाई दुखी बनाएर ३०० रुपियाँ बोकेर बेंगलुरु गएका उनलाई अभिनेता बन्न भने सफल भएन । फिल्मी दुनियाँको बारेमा जानकारी नभएका यश दिनभर यता र उता हिँड्दै काम खोज्थे । उनले सुरुवाती दिनहरुमा ब्याकराउण्ड आर्टिस्टको भूमिका निभाए । स–साना काम गर्दागर्दै उनले टेलिभिजनमा सीरियलमा काम गर्न थाले ।
उनको करियर भने केजिएफले नै उचाईमा पुर्यायो । यो फिल्म सन् २०१८ मा रिलीज भएको थियो । यो फिल्म नै पहिलो फिल्म हो जसले २५० करोड भन्दा बढी कमाई गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक
-
५ बजे मन्त्रिपरिषद् बैठक, हटाइएलान् कुलमान ?
-
पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी, भारत र चीनका पर्यटक भित्र्याउने उद्देश्य
-
कृष्णकुमारको १० बुँदामा एकीकृत समाजवादीको समीक्षा (पूर्णपाठ)
-
आकाशे पुल र जेब्रा क्रसिङको मतलब छैन, तस्बिरमा बाटो काट्नेहरूको लापरबाही