मनाङमा २६३ नयाँ मतदाता थपिए
![मनाङमा २६३ नयाँ मतदाता थपिए](https://rpcdn.ratopati.com/media/albums/vote_NZL1cExv1m.jpg)
हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् ।
कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको थियो ।
निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी छ ।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट २०० मतदाता थपिएका छन् । यसैगरी मनाङमा बाहिरी जिल्लाका व्यक्तिले भने नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, उनले भने ।
सङ्कलन गरिएको विवरण यही पुस १० देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । वि.सं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता छ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
सरकार सामाजिक सञ्जालसँग डरायो: प्रचण्ड
-
अध्यादेशमा जनता होइन स्वार्थ समूहको हित हेरिएको छ : प्रचण्ड
-
प्रतिनिधिसभामा प्रचण्डको सम्बोधन (पूर्णपाठ)
-
संसद्मा ढलेँ ढलेँ गीत गाउने ओलीलाई प्रचण्डले फर्काए जवाफ
-
अन्तिम समयमा अध्यादेश प्रस्तुत गर्न किन पछि हट्यो सरकार ?