बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

भायानेटको १ जीवीको इन्टरनेट ओटिटी फिल्म निर्माण कम्पनीलाई

शनिबार, २४ पुस २०७८, १० : ५९
शनिबार, २४ पुस २०७८

भायनेट कम्युनिकेसन्सले फिल्म निर्माण टोलीलाई ४५ दिनको लागि एक जीवी इन्टरनेट जडान प्रदान गरेर बेन्चमार्क हासिल गरेको छ । काठमाण्डौको एलोफ्ट होटेलमा ओटिटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेटले नेपाली ग्राहकसंगै अब विश्वस्तरिय ग्राहककोसमेत ध्यान तानेको छ ।  

विगत लामो समय देखी भायानेट एलोफ्ट काठमाण्डौको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिँदै आएको छ । सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्सन टोलीलाई एलोफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो । फलस्वरूप, भायनेट टोलीले प्रत्यक्ष स्विच र १० जी पोर्ट स्विचमार्फत इन्टरनेट उपलब्ध गराउने विकल्प रोजेको थियो । 

एलोफ्टका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो । तीन महिनाको सफल परीक्षण पछि टोलीले अगस्ट २० मा लिङ्क उपलब्ध गराउन आग्रह ग¥यो । फिल्म निर्माण टोलीले अक्टोबर ३ सम्म भायनेट इन्टरनेट सेवा प्रयोग गरेको थियो । अलोफ्टका अनुसार निर्माण टोलीले ठुलो फाइलहरू केन्द्रिय सर्भरमा ट्रान्सफर गर्न १ जीवी स्पिड इन्टरनेट प्रयोग गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप