शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एमाले धनकुटामा सर्वसम्मतको प्रयास

शनिबार, २४ पुस २०७८, १० : ५८
शनिबार, २४ पुस २०७८

नेकपा (एमाले) धनकुटाको सातौँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास थालिएको छ । शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणि पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेका हुन् । 

पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुको तर्क छ । जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप