ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा
शनिबार, २४ पुस २०७८, १० : ३८

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ओली निवास बालकोट पुगेका छन् ।
शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकले निरन्तर भइरहेको संसदमा अवरोध र सर्वदलीय बैठकमा ओली अनुपस्थित भएपछि ओलीसँग भेटवार्ता गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको थियो ।
सोही बैठकको निर्णयअनुसार संसदको अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा ओली निवास पुगेका हुन् ।
ओली आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्यादेश ल्याएको र सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै रुष्ट छन् ।
एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक