शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण पुष्टि

शनिबार, २४ पुस २०७८, १० : २१
शनिबार, २४ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड–१९ को संक्रमण भएको छ । शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होम आइसोलेसनमा छन् । प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।

माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए । नेता नारायणकाजी श्रेष्ठले पनि कोभिड संक्रमण भएको आजै जानकारी दिइसकेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप