सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

लिपुलेकमा सडक : भारतीय प्रधानमन्त्री मोदीको घोषणामा नेपाल सरकार मौन

शुक्रबार, २३ पुस २०७८, २१ : ४९
शुक्रबार, २३ पुस २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् ।  प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिनअघि एक र्‍यालीमा सम्बोधन गर्दै आफ्नो सरकार राज्यका मानिसको लाभको लागि विकासलाई तिव्रता दिइरहेको बताएका थिए । 

‘तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडक मार्गसँग जोड्ने काम वञ्चित रह्यो’ मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ । ‘हामीले न केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्‍यौं । हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब विस्तारको काम भइरहेको छ ।’ 

भारतीय प्रधानमन्त्रीले लिपुलेक आफ्नो भूमि रहेको भन्दै सडक चौडा गर्ने बताइरहँदा नेपाल सरकारले भने यसबारे आधिकारिक रुपमा केही नभनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख गरिएको छ । मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको बीबीसीले जनाएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत यात्राका क्रममा दुई देशबीचमा सीमा मुद्दामा मोदीसँग छलफल गर्ने तयारी भएको भए पनि कोरोनाका कारण कार्यक्रम स्थगित भएपछि उनको भारत भ्रमण रोकिएको थियो नेपाली भूमि लिपुलेकमा ९ अप्रिल २००८ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहद्वारा धारचुला–लिपुलेख लिंक रोड उद्घाटन गरेपछि नेपाल सरकारले विरोध गरेको थियो । 

सडक उद्घाटन लगत्तै तत्कालीन केपी ओली सरकारले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर राजनीतिक नोट जारी गरेको थियो जसमा नेपाली भूभागमा कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह गरिएको थियो । तर भारतले त्यसलाई जारी राख्यो । भारतले नेपाली भूमि लिपुलेक लिम्पियाधुरासहितको क्षेत्र समावेश गरेन नक्सा जारी गरेपछि नेपालले त्यसको बिरोध गरेको थियो र ओली सरकारले ति भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चुच्चे नक्सा सार्वजनिक गरेसँगै नेपाल भारतीबीचको सम्बन्धमा चिसो बढेको चर्चा भएको थियो ।  दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार भारतीय पक्षले अहिले पनि लिपुलेक क्षेत्रमा सडक विस्तार गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप