बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल

शुक्रबार, २३ पुस २०७८, २० : ४९
शुक्रबार, २३ पुस २०७८

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मुगुको अध्यक्षमा हंस रावल निर्वाचित भएका छन् । अनेरास्ववियु मुगुको ११ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

अनेरास्ववियु जिल्ला कमिटी मुगुका सहइन्चार्ज गणेश सेजुवालले दिएको जानकारी अनुसार सबै पदाधिकारी  र ४१ सदस्य सर्वसम्मत चयन भएका हुन् । उनका अनुसार उपाध्यक्षमा रोशन शाही लगायत अन्य २ जना चयन भएका छन् ।

त्यस्तै सचिवमा लेखराज परियारसहित ४१ सदस्यीय समिति चयन भएको सेजुवालले जानकारी दिए । कर्णाली प्रदेशसभाका सदस्य तथा विधान समितिका सभापति दानसिंह परियारको प्रमुख आतिथ्यमा सभा उद्घाटन भएको थियो भने समितिले जिल्लामै पहिलो पटक र्‍यालसहित अधिवेशन सम्पन्न गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप