सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मानवमैत्री चक्रपथ निर्माणका लागि शनिबार ‘नागरिक सरोकार यात्रा’

शुक्रबार, २३ पुस २०७८, २० : २६
शुक्रबार, २३ पुस २०७८

रिङ्ग रोड नागरिक सरोकार समितिले मानवमैत्री चक्रपथ निर्माणका लागि ‘नागरिक सरोकार यात्रा’ गर्ने भएको छ । शनिबार दिउँसो १ः३० बजे महाराजगञ्जस्थित भाटभटेनी अगाडि भेला भइ दुई बजे ¥याली निकालेर शंख पार्कमा पुगी चित्रकला, कविता बाचन, ह्विलचेयर नृत्य, गीत संगीतसहित विविध अभिव्यक्तिका साथ हस्ताक्षर संकलन, बहस र छलफल गरिने समितिले जनाएको छ ।

समितिका अनुसार मोटरजन्य सवारी साधनलाई मात्र ध्यान दिएर विस्तारित कलंकी–कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री बनाउन तथा कलंकी–कोटेश्वर सडकखण्डमा जस्तै त्रुटि कलंकी–चाबहिल–कोटेश्वर सडकखण्ड विस्तारमा नदोहोरियोस् भनेर कार्यक्रम गर्न लागिएको हो ।

चक्रपथ विस्तारका क्रममा क्रममा विश्वव्यापी सडक डिजाइन मापदण्डअनुसार सबैका लागि समान पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गर्न, सबै किसिमका सडक प्रयोगकर्तालाई समान न्याय प्रदान गर्ने नीतिलाई अवलम्बन गर्न पनि समितिले माग गरेको छ ।

सबै किसिमका सडक प्रयोगकर्तालाई समान न्याय प्रदान गर्न आवश्यक अन्डरपास, सार्वजनिक शौचालय, जेब्राक्रस, बस स्टेशन, पैदालमार्ग, लेन आदि अपाङ्गत, बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा साइकलमैत्री ढंगले विश्वव्यापी डिजाइनको मापदण्डअनुसार संरचना निर्माण गरियोस् भन्ने आफूहरुको विशेष माग रहेको समितिले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप