ओली नेतृत्वको सरकार सफल : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता हासिल गरेको दावी गरेका छन् । शुक्रबार मङ्गलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेशनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखीय काम गरेको र रेल निर्माणका लागि महत्वपूर्ण सम्झौता गरेको तर्क गरे ।
पहिले पूर्व–पश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले चार राजमार्ग निर्माण अघि बढाएको उनले बताए । अरु पार्टीले पहिले रेलको कुरा गर्दा कागजको रेल बनाएर उडाए पनि ओली नेतृत्वको सरकारले रेल निर्माणसम्बन्धी महत्वपूर्ण काम गरेको उनको भनाइ छ । विगतमा भएका असमान सन्धीसम्झौताको पुनरावलोकनको काम सुरु हुनु र चुच्चे नक्सा प्रकाशन गर्नु उपलब्धी भएको उनको भनाइ छ ।
पार्टी पोलिटब्युरो सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज शुशीला नेपालले देशको समृद्धि र शान्तिका लागि एमाले सत्तामा पुग्नुपर्ने बताइन् । केन्द्रीय सदस्य बाबुराम थापाले एमाले पार्टी सधैँ सही एजेण्डा लिएर अघि बढेकाले आमनागरिकको समर्थन र माया पाइरहेको उल्लेख गरे । पार्टी केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले जिल्लामा नेतृत्व चयन गर्दा सबै मिल्नुपर्ने र मिलेर नै आमनिर्वाचनमा जानुपर्नेमा जोड दिए ।
ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सांसद् नवराज सिल्वालले पार्टीले विगतबाट उठाएको एजेण्डा लिएर चुनाबमा जाने बताए । अधिवेशनले नयाँ जिल्ला कमिटी चयन गर्नेछ । शनिबार बन्द सत्र सातदोबाटोमा हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६०० जनाभन्दा बढीको सहभागितामा त्रिदेशीय पर्यटन प्रदर्शनी सम्पन्न
-
१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प
-
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास