भेट्रान्स टेबुलटेनिस प्रतियोगिता सम्पन्न, खेलकुद मन्त्री गुरुङ तेश्रो
पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका खेलकुद मन्त्री राजिव गुरुङले तेश्रो पुरस्कार हात पार्न सफल भए ।
त्यसैगरी ५० वर्ष माथि उमेर समुह युगल जोडीमा ललितपुर टेबुलटेनिस क्लबका रन्जन सुब्बा र सुजाता पौडेल प्रथम, सोही क्लबका राजेन्द्र वज्राचार्य र पार्वती श्रेष्ठको जोडी दोश्रो तथा कास्कीका राम ढकाल र आशुका रन्जितकार एवं मन्त्री राजिव गुरुङ र मुना थापाको जोडी तेश्रो भएका थिए ।
प्रतियोगितामा ४० वर्ष माथि उमेर एकल पुरुष समुहमा प्रथम विकेन थापा मोरङ, दोश्रो एङ्किज पिङपोङ क्लबका चन्दन शाही, राजेस भट्टराई मोरङ तथा कास्कीका किसान जिसी तेश्रो भएका छन् । ५० वर्ष माथि उमेर पुरुष एकलमा प्रथम तथा दोश्रो ललितपुर टेबुलटेनिस क्लबका रोजेन्द्र वज्राचार्य र रन्जन सुब्बा, एङ्किज पिङपोङ क्लब कपुर शर्मा र मन्त्री राजिव गुरुङ तेश्रो भएका थिए ।
सो अवसरमा पुर्व राष्ट्रिय खेलाडि विनय तुलाचन र अम्बिका राजभण्डारीलाई युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङले दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मान गरेका थिए । समापन समारोहमा विजेता तथा अफिसियलहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, उपाध्यक्ष ध्वजकुमार गुरुङ, कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीलगाएतले नगद पुुरस्कार, मेडल, प्रमाणपत्र तथा प्रसंशापत्र वितरण गरेका थिए ।
कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा