बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संशोधन गरिएको विनियामावली खारेज गर्न सिभिल अस्पतालका चिकित्सक र कर्मचारीको माग

शुक्रबार, २३ पुस २०७८, १९ : १५
शुक्रबार, २३ पुस २०७८

निजामती कर्मचारी अस्पताल (सिभिल)का चिकित्सक र कर्मचारीले  चिकित्सक तथा कर्मचारीहरूको स्थायित्वमा गम्भीर असर पर्ने गरी संशोधन गरिएको विनियमावली खारेज गर्न माग गरेका छन् । शुक्रबार डाक्टर्स एसोसिएसन अफ सिभिल हस्पिटल र निजामती कर्मचारी अस्पताल कर्मचारी संघले संशोधन गरिएको विनियामावली २०७७ खारेज गर्न र पुरानै विनियमावली अनुसार एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट वञ्चित नगर्न भन्दै अस्पताललाई ज्ञापन पत्र बुझाएका छन् ।

चिकित्सक र कर्मचारीको रात्रिकालीन सेवा र अतिरिक्त सेवा बापतको परिश्रमिकलाई वैज्ञानिक बनाउन समेत चिकित्सक र कर्मचारीले ज्ञापन पत्रमार्फत माग गरेका हुन् । जारी ज्ञापन पत्रमा कर्मचारीलाई अस्पतालको जिम्मा दिँदा अस्पतालमा अनावश्यक हस्तक्षेप भएको र कार्यकारी निर्देशकको भूमिका घट्न गएकाले थप निर्देशकलाई थप शक्तिशाली बताउन कर्मचारी र चिकित्सकहरूले माग गरेका छन् ।

ज्ञापन पत्रमार्फत अस्पतालको सम्पूर्ण आय तथा व्ययको हिसाबकिताब पारदर्शी बनाउन समेत डाक्टर्स एसोसिएसन अफ सिभिल हस्पिटलका अध्यक्ष सुमनबावु मरहट्टा र निजामती कर्मचारी अस्पताल कर्मचारी संघका सन्तोष धिमलद्वारा बुझाइएको गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप