सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयले भन्यो–‘अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही’

शुक्रबार, २३ पुस २०७८, १८ : ३१
शुक्रबार, २३ पुस २०७८

काठमाडौँ । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् । 

गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिँदै मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप