फेरि कोरोना बढेपछि सीसीएमसीसीकाे बैठकमा के–के भयाे छलफल ?
कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।
गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उनको भनाइ छ । पिसिआर टेस्ट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय भएको खाणले बताए ।
उनका अनुसार बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भएको छ । उनले भने, ‘कोरोना बढेको बढेकै छ । यसको नियन्त्रणका लागि नाका बन्द र हवाइ उठान पनि स्थगित गर्नुपर्ने हुन सक्छ । आज छलफल भएको छ । निर्णय भएको छैन ।’
यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताए । उनले भने, ‘नाकामा कडाइ गछौं । कोरोना संक्रमितलाई होल्डिङ सेन्टरमा राख्छौँ । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरिरहेका छौं ।’
सबै प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘त्यसलाई छिटोभन्दा छिटो बस्न लायक बनाउँछौं । त्यहाँ बस्ने खाने खर्चको व्यवस्थापन गर्छौं,’ मन्त्री खतिवडाले भने ।
उनका अनुसार विदेशबाट आएकाहरुको विमानस्थलमै कोरोना परीक्षण गरिने छ । बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले रातोपाटीलाई भने, ‘कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने छ । यस्तै खोप लगाएको मान्छे कार्ड बोकेर हिडने चेतना जगाउने कुरा भएको छ ।’माघ पहिलो हप्ताबाट क्रमशः बुस्टर डोज दिइने बताए ।
पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार मात्र ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण