कर्मचारीकै योजनामा बानेश्वरको एनआईसी एसिया बैंकको १६ लाख लुटपाट, ४ जना पक्राउ
एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कर्मचारीको योजनामा सो बैंकको १६ लाख ३० हजार लुटपाट भएको छ । पुस १८ मा काठमाडौँ महानगरपालिका–३१ स्थित युनिग्लोब कलेज अगाडीबाट सङ्कलन गरेर ल्याउँदै गरेको रकम लुटिएको थियो । सो लुटमा संलग्न चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) सुदीप गिरीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ घर भएका शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनीश खड्का छन् ।
काठमाडौँ महानगरपालिका १० नम्बर वडा कार्यालय र शान्तिनगर स्थित मेटलाइफ इन्सुरेन्सबाट उठाएको रकम मीनभवन स्थित देउराली क्लवसँगैको युनिग्लोव कलेज अगाडीबाट लुटिएको थियो । शान्तिनगरबाट पैसा सङ्कलन गरेर मोटरसाइकलमा आउँदै गरेका प्रदीप खत्री र बैङ्ककी कर्मचारी २५ वर्षीया आरुसी भण्डारीलाई रोकेर ३ जना युवाले लुटेका थिए ।
काँडाघारी बस्ने प्रदीप खत्रीलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा लुटको पोल खुलेको थियो । लुटेको पैसा चारजनाले बाँडेर लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूको साथबाट प्रहरीले १३ लाख ४६ हजार बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या