भूमिहीन सुकुम्वासीको लगत संकलनका लागि मन्त्रालयले स्थानीय तहसँग सहमति गर्ने
शुक्रबार, २३ पुस २०७८, १८ : ००
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन गर्न स्थानीय तहसँग पहिलो चरणमा सहमति गर्ने भएको छ । शुक्रबार राष्ट्रिय भूमि आयोगले एक सूचना जारी गर्दै आगामी पुस २४ गते शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच स्थानीय तहसँग सहमति गर्न लागेको जानकारी दिएको हो ।
राष्ट्रिय भूमि आयोगको गत पुस २० गते बसेको बैठकको निर्णय अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०७८ को दफा ३ बमोजिम स्थानीय तहहरूसँग सहमति पत्रमा हस्ताक्षर हुन लागेको जनाएको छ । सहमति पत्रमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण