शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शुक्रबार, २३ पुस २०७८, १७ : ३८
शुक्रबार, २३ पुस २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४५ जनामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।

सङ्क्रमित हुनेमा कास्कीका ११, तनहुँ १, पर्वतका १, बागलुङका १ र नवलपरासी पूर्वमा २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८८ हजार ५३८ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय २७ रहेको छ ।

गण्डकीमा पछिल्लो चौबिस घण्टामा थप १३ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ९३९ पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ५७ हजार १६४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १७२ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये १५१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप