मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन: मोर्चा

शुक्रबार, २३ पुस २०७८, १७ : ३१
शुक्रबार, २३ पुस २०७८

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औँ जन्म जयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौँको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्त्वहरू लागेको आरोप समेत लगाएको छ ।

मोर्चाका संयोजक तारानाथ लुइँटेलले २२से/२४से राज्यहरूलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरूलाई नछाड्ने चेतावनी दिए । भर्खरै नेकपा (माओवादी केन्द्र)को महाधिवेशनले वैदिक सनातन धर्म विरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसङ्ख्यक हिन्दु धर्मावलम्बिहरुलाई सह्य नहुने उनले बताए । 

मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधीन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तीलाई भव्यताका साथ मनाउनु पर्ने माग राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप