बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह

शुक्रबार, २३ पुस २०७८, १७ : २७
शुक्रबार, २३ पुस २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् । सरसफाइ अभियन्ता नमस्तेलाल भूमि श्रेष्ठको पुस्तक 'सकारात्मक सोच, खोज र रोज'को विमोचन गर्नुहुँदै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरेका हुन् । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्नुहुँदै उहाँले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएको बताए । 

देशभित्र रोजगारीको अवसर सिर्जना गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र बढी उपलब्धिमूलक बनाउने योजना सरकारले अघि बढाएको उनले बताए । उद्यमशीलता विकास, सीप विकास तालिम जस्ता योजनामार्फत युवालाई नेपालमा नै अवसर प्रदान गर्ने सरकारको प्राथमिकता रहेको उनले बताए । वैदेशिक रोजगारीमा गएका युवाहरूले विदेशमा सिकेको सीप र अनुभवको भरपुर सदुपयोग गर्न पुन: एकीकरणको योजना अघि बढाएको बताउनुहुँदै उनले नेपाललाई बलियो र आर्थिक रूपमा सम्पन्न बनाउनुपर्ने बताए । देशलाई विकसित गर्ने र आधुनिक राष्ट्रको निर्माण गर्न सकारात्मक सोचका साथ अघि बढ्न उनले आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप