पछिल्लो एक सातामा नेप्से १६७.९७ अंकले वृद्धि
पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ । गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो । पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यसरी पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ ।
अघिल्लो साता ४.२७ अंकले बढेको नेप्से परिसूचक यो साता १६७.९७ अंक माथि पुगेको हो। पछिल्लो चार महिना देखि निरन्तर रूपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रूपमा वृद्धि भएको छ ।
साताको पहिलो शेयर कारोबारको दिन आइतबार नेप्से ६०.४१ अंकले वृद्धि भएर २ हजार ५८५.९१ विन्दुमा पुगेको थियो । आइतबार नेप्से परिसूचकसँगै ठुला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेका थिए । आइतबार ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, सोमबार पनि नेप्से परिसूचक उकालो लागेको थियो। जुन दिन ३२.०३ अंक बढेर २ हजार ६१६.९४ विन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार भएको थियो ।
साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दुमा पुगेको थियो । त्यस्तै उक्त दिन पनि ठुला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स समेत ३.२५ अंक, फ्लोट इण्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको थियो । मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबारको कारोबार रकम भने घटेको थियो ।
सातको चौथो दिन भने तीन दिन लगातार रूपमा उच्च अंक बढेको शेयर बजार मापक नेप्से परिसूचक ब्रेक लागेको थियो । तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दु माथि पुगेको नेप्से परिसूचक उक्त दिन ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो । कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार बढेको थियो ।
साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ । बिहीबार नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ । बिहीबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ ।
पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता २ खर्ब ३६ अर्ब २ करोड रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब ३६ अर्ब २ करोड रुपैयाँ सम्पत्ति बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन सर्यो
-
सरकारमा सहभागी मन्त्रीसहित कांग्रेस संसदीय दलको बैठक सुरु
-
अध्यादेश र सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउँदै गण्डकी प्रदेश