बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘यस्तो तस्बिर नहाल, अब तिम्रो विवाह भइसक्यो’, विक्की कौशलको तस्बिरमा प्रशंसकको कमेन्ट

शुक्रबार, २३ पुस २०७८, १६ : ४२
शुक्रबार, २३ पुस २०७८

बलिउड अभिनेता विक्की कौशलको व्यक्तित्वमाथि धेरैजना फिदा छन् । विशेषगरी महिला । उनका फ्यान फलोविङ निकै राम्रो छ । अब उनको विवाह भइसकेको छ र उनी इन्डष्ट्रिका सबैभन्दा सुन्दर नायिकाका श्रीमान् हुन् तर महिला प्रशंसकको मायामा रत्तिभर पनि कमी भएको छैन ।

विक्कीको लुकमा फिदा प्रशंसक

वास्तवमा, सोसल मिडियामा निकै सक्रिय विक्की कौशलले हालै इन्स्टाग्राममा आफ्नो फोटो सेयर गरेका छन् जसमा उनले आफ्नो बाइसेप्स देखाइरहेका छन् । विक्कीको यो फोटो देखेर एकातिर प्रशंसक उनको तरिफ गरिरहेको देख्न सकिन्छ भने अर्कोतर्फ उनलाई यस्ता आकर्षक फोटो नहाल्न अपिलसमेत गरिरहेका छन् ।

एक प्रशंसकले लेखे, ‘ह्यान्डसम’ । अर्काले लेखे, ‘यो लुक त असम छ ।’ अर्का एक व्यक्तिले लेखे, ‘कट्रिना कैफका श्रीमान् त एटम बम हुन् ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यस्तो फोटो राखेर जाल बिछ्यान बन्द गर । हामीलाई थाहा छ तपाईं विवाहित हुनुहुन्छ ।’ विक्कीको यो फोटोमा प्रशंसक फिदा देखिएका छन् । फोटो सेयर गरेको एक घण्टामा नै ७ लाख करिब लाइक्स आइसकेका छन् ।

विक्की कौशल र कट्रिना कैफले ८ डिसेम्बरमा राजस्थानमा भव्य विवाह गरे । कोरोनाका कारण विवाहमा सिमित पाहुना मात्रै समावेश भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप