फिल्म ‘परस्त्री’ बन्ने
फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त फिल्म निर्माणको घोषणा भएको हो । निर्देशक दीपेन्द्र के खनालको लेखन रहेको फिल्म अभिनेता सुरज पाण्डेले निर्देशन गर्न लागेका हुन् । सुरजले दीपेद्रको निर्देशन रहेको फिल्म ‘लभ लभ लभ’ बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए ।
डिएस डिजिटलको ब्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ । घोषणा कार्यक्रममा फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिने निर्देशक पाण्डेले बताए । गायक तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भूमिका रहने फिल्मको अन्य कलाकार छनौटको क्रममा रहेका छन् । कलाकार अडिसन मार्फत छनोट गरिनेछ । निर्माण युनिटका अनुसार २२ देखि २७ वर्ष भित्रका अभिनेता, २२ देखि ३० वर्ष भित्रकी अभिनेत्री र २० देखि २५ वर्ष भित्रकी अन्य अभिनेत्री अडिसनमार्फत छानिने छन् ।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायाङ्कन फागुनको तेस्रो साताबाट सुरु हुनेछ । फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौमा हुनेछ । कार्यक्रममा लेखक दीपेन्द्र के खनालले परस्त्रीको कथा पूर्ण रुपमा नेपाली परिवेशमा तयार पारिएको बताए । उनले आफ्नो कथालाई डेब्यु निर्देशक पाण्डेले न्याय गर्न सक्ने भएको जिम्मा दिएको बताए ।
खनालले निर्देशन गरेको फिल्म ‘चिसो मान्छे’ अहिले प्रदर्शनको तयारीमा छ । फिल्मको रिलिज मिति नयाँ बर्षको बैशाख ३० तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर