सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

चन्द्रागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिए

शुक्रबार, २३ पुस २०७८, १६ : ३३
शुक्रबार, २३ पुस २०७८

काठमाडौंको चन्दागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिएका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा हराएका थिए । ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् । चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले रातोपाटीलाई बताए ।

हिउँ खेलेर सबै परिवार सँगै फर्केको तर विस्तारै आउँछु भनेका ऋषिदेव हराएका थिए । हिउँ खेल्दा उनले मापसे पनि गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भिरबाट डोरीको सहायताले निकालेर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको डिएसपी पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप