शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोवाक जोकोविचकी आमाले भनिन्, ‘उनलाई कैदीलाई झैँ राखिएको छ’

शुक्रबार, २३ पुस २०७८, १६ : १४
शुक्रबार, २३ पुस २०७८

संसारकै उत्कृष्ट टेनिस खिलाडी नोवाक जोकोविचकी आमा डिजानाले अष्ट्रेलियाको सरकारमाथि जोकोविचमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएकी छिन् ।

अष्ट्रेलियाले सर्बियाली खिलाडी नोवाक जोकोविचको भिसा रद्द गरेको छ । उनी अष्ट्रेलियन ओपमा भाग लिन मेलबर्न पुगेका थिए ।

डिजानाले भनिन्, ‘उनीहरुले उसलाई कैदीलाई झैाँ राखिरहेका छन् । यो सही होइन । यो मानवीय होइन । उनलाई होटलमा त राखिएको छ तर त्यो एउटा सानो प्रवासी होटल हो ।’


‘कसैमाथि यस्तो व्यवहार गरिनु हुँदैन, विशेषगरी उनीमाथि त यस्तो गर्नै हुँदैनथ्यो । उनी खेल्न सक्दैनन्, यो एउटा राजनीतिक स्थिती हो, यो एउटा घोटाला हो । उनलाई फोहोर होटलमा राखिनु, हामीलाई सम्पर्क नगर्नु, एक असाधारण व्यवहार हो ।’

संसारका शीर्ष टेनिस खिलाडी नोवाक जोकोविचलाई बुधबार अष्ट्रेलियामा प्रवेश दिन अस्विकार गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप