बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

नोबेलका विद्यार्थीद्वारा आधा घण्टा चक्काजाम, सरकार मुकदर्शक बनेको आरोप

शुक्रबार, २३ पुस २०७८, १५ : ४२
शुक्रबार, २३ पुस २०७८

नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क माग गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार स्थानीय प्रशासन र मेडिकल कलेज प्रशासनलाई दबाब दिन कोसी राजमार्गमा अन्तर्गत विराटनगरको कञ्चनवारी सडकमा आधा घण्टा चक्काजाम गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्न खोजेको विरोधमा विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । त्यही क्रममा विद्यार्थी संगठनले तोडफोडसमेत गरेका थिए । बढी शुल्क नोबेलले लिने अडान राखेर विद्यार्थीको पठन पाठन रोक्दा पनि सरकार भने रमिते मात्रै बनेको आरोप पीडित विद्यार्थीहरूले लगाएका छन् ।

अखिल क्रान्तिकारी, नेविसंघ, एकीकृत समाजवादी निकट अखिल, एमाले अखिल, जसपाको समाजवादी विद्यार्थी युनियनले विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन् । 

एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच विद्यार्थी सङ्गठनहरूले नोबेल मेडिकल कलेजको प्रशासन फाँटको मूल गेटमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।

अतिरिक्त शुल्क नबुझाएको निहुँमा नोबेल मेडिकल कलेजले ८० जना विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् ।

विद्यार्थीले दिएको समय सीमा सकिँदा पनि मागको सुनुवाइ नभएपछि आन्दोलितलाई थप सशक्त बनाएर लानुको विकल्प नरहेको चिकित्सक शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराईले जानकारी दिए ।

‘कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्ने कुनै पनि सकारात्मक भूमिका नदेखाएपछि बाध्य भएर कलेजविरुद्ध आन्दोलनमा जानुपरेको छ,’ उनले भने, ‘वार्ताको माध्यमबाट माग सुनवाइ गर्ने वातावरण नभएसम्म यो आन्दोलनको क्रम नरोकिने उनले बताए ।

नोबेल प्रशासनले अतिरिक्त शुल्क नलिने सहमति गरेपछि मात्र विद्यार्थीहरूको आन्दोलन रोकिने उनले बताए । दुई सातादेखि विद्यार्थीले निरन्तर आन्दोलितलाई जारी राखे पनि नोबेल प्रशासनले भने अहिलेसम्म वार्ताको लागि आव्हान समेत नगरेको पीडित विद्यार्थीहरूको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप