बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिजेएनको नयाँ कार्यसमिति घोषणा

शुक्रबार, २३ पुस २०७८, १५ : २७
शुक्रबार, २३ पुस २०७८

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नयाँ कार्यसमिति घोषणा भएको छ । शुक्रबार राजधानीमा सम्पन्न समाजको ११औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । 

समाजको नयाँ कार्यसमिति अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ सहकारी खबर डट्कमका पत्रकार हुन् । यस्तै, उपाध्यक्षमा अन्नपूर्ण दैनिकका तुलसीराम सुवेदी चयन भएका छन् भने सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा र सहसचिवमा गोरखापत्रका भेषराज बेलवासे चयन भएका छन् । सिजेएनको कोषाध्यक्षमा भने रातोपाटी डट्कमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

९ सदस्यीय समाजको कार्यसमितिमा अन्य सदस्यहरुमा मेरोलगानी डट्कमका सुधा देवकोटा र विकास न्यूज डट्कमका सन्तोष रोकाय चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

 सहकारी पत्रकार समाज आर्थिक क्षेत्रमा विशेषतः सहकारी क्षेत्रलाई मुख्य विधा बनाई कलम चलाउने पत्रकारहरूको व्यावसायिक एवम् हितमा काम गर्ने साझा संस्था हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप