सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्स अब एनपीआईमा आबद्ध

शुक्रबार, २३ पुस २०७८, १४ : ३६
शुक्रबार, २३ पुस २०७८

नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नका लागि अजोड इन्स्योरेन्स लिमिटेडले सम्झौता गरेको छ  । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतकुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  

उक्त सम्झौता पश्चात् अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस  प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ । 

यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्‍याउने छ । यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन् । एनपीआईमा जोडिएपछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप