शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाइयो: ईश्वर पोखरेल

शुक्रबार, २३ पुस २०७८, १४ : २५
शुक्रबार, २३ पुस २०७८

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धनमा न्यायालय मिसाएर छ दल बनाएको आरोप लगाएका छन् । एमाले भक्तपुर जिल्ला कमिटीको आठौँ अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले भने "नेपाली काङ्ग्रेस, माओवादी, नेकपा समाजवादी मात्र नभए न्यायालय पनि गठबन्धन थपियो ।" 

शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली नागरिकको भारतीय सुरक्षाकर्मी हत्या गर्दा समेत बोल्न नसकेको उनको भनाइ थियो । राष्ट्रियताको मामिला यो सरकारले केही काम गर्न नसको भन्दै जयसिंह धामीको हत्या भारतले गर्दा विज्ञप्ति निकाल्न नसकेको आरोप लगाए ।   "केपी ओलीको सरकार ल्याएका विकासका योजनाहरू काटेर गठबन्धन सरकारले जनविरोधी काम गरेको छ," पोखरेलले भने । पार्टीको जिल्ला अधिवेशनमा विगतका गल्ती कमीकमजोरीको समीक्षा गर्दै अगाडी बढ्न उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्  ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ओलीको पालना भक्तपुरमा विकासले कोल्टे फेरेको बताए ।  केन्द्रीय सदस्य सोमप्रसाद मिश्रले एमालेलाई भक्तपुरमा पहिलो शक्ति बनाउन सबै एकजुट हुनु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप