एनएमबि बैंकको २६ औ वार्षिक साधारणसभा सम्पन्न
एनएमबि बैंकको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा पुस २२ गते काठमाडौंको त्रिभुवन आर्मी क्लबमा सम्पन्न भएको हो । बैंकका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा सम्पन्न सभामा शेयरधनीहरुले समेत आ–आफ्नो विचार राखेका थिए ।
वार्षिक साधारणसभाद्वारा आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ । बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
बैंकलाई दि फिनान्सियल टाइम्स लण्डनले ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर नेपाल २०२१’ बाट सम्मानित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने