मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

शुक्रबार, २३ पुस २०७८, १३ : ५७
शुक्रबार, २३ पुस २०७८

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। 

नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँदै सडकमा नै कोणसभा गरेका छन्  ।

नोवेल मेडिकल कलेजका  विद्यार्थीहरुको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन्। चिकित्सा सेवा आयोगले एमवीबीएस पढ्ने विद्यार्थीबाट अतिरिक्त शुल्क लिन नपाइने भनेपनि नोवेल मेडिकल कलेजले  सो कलेजमा पढ्ने एक विद्यार्थीबाट अतिरिक्त शुल्क वापत ४ लाख बढी शुल्क माग गर्दै आएको छ। मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठामा प्रवेश समेत दिएको छैन। 

विद्यार्थीहरुको प्रदर्शनपछि सवारी आवागमन रोकिन पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप