राष्ट्रियसभामा १९ सिट जित्ने गठबन्धनको यस्तो छ तयारी

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउने सन्दर्भमा छलफल केन्द्रित भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने बताए । सातै प्रदेशमा काँग्रेसले समन्वय गर्ने गरी समिति बनाइएको समितिको बैठकमा सहभागी दुर्गा पौडेलले रातोपाटीलाई जानकारी दिइन् ।
उनले भने, ‘सबै प्रदेशमा काँग्रेसले समन्वय गर्ने गरी समिति बनाइएको छ । समितिमा पाँच दलबाट सम्बन्धित प्रदेशका नेताहरुलाई राखिनेछ । उहाँले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन समन्वय गर्नुहुनेछ ।’ काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रियसभामा तालमेल भएको छ ।
आगामी १२ गते निर्वाचन हुने राष्ट्रियसभा १९ सिट जित्ने गठबन्धनको तयारी छ । त्यहीअनुसार सबै सिटमा जित निकाल्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समिति घनिभूत छलफलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने