राष्ट्रियसभामा १९ सिट जित्ने गठबन्धनको यस्तो छ तयारी
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउने सन्दर्भमा छलफल केन्द्रित भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले राष्ट्रियसभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने बताए । सातै प्रदेशमा काँग्रेसले समन्वय गर्ने गरी समिति बनाइएको समितिको बैठकमा सहभागी दुर्गा पौडेलले रातोपाटीलाई जानकारी दिइन् ।
उनले भने, ‘सबै प्रदेशमा काँग्रेसले समन्वय गर्ने गरी समिति बनाइएको छ । समितिमा पाँच दलबाट सम्बन्धित प्रदेशका नेताहरुलाई राखिनेछ । उहाँले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन समन्वय गर्नुहुनेछ ।’ काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रियसभामा तालमेल भएको छ ।
आगामी १२ गते निर्वाचन हुने राष्ट्रियसभा १९ सिट जित्ने गठबन्धनको तयारी छ । त्यहीअनुसार सबै सिटमा जित निकाल्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समिति घनिभूत छलफलमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण