कर्णालीका ७ जिल्लामा एमाले अधिवेशन सुरु, तीन जिल्लामा स्थगित
नेकपा एमालेको आठौं अधिवेशन अन्तर्गत कर्णालीका ७ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरु भएको छ। मुगु, हुम्ला र कालिकोटमा भने अधिवेशन स्थगित भएको छ । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको अधिवेशनको तयारी पुरा भई सुरुवात भएको हो।
एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सबै जिल्लाको नयाँ नेतृत्व भने सर्वसम्मतिबाट नै तय गरिने जानकारी दिए । त्यसका लागि जिल्लातहका नेताहरु छलफलमा जुटेका छन्। साथै, हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ भने हुम्लामा आउँदाे माघको २३ गते अधिवेशन हुनेछ ।
यस्तै, मुगु जिल्लामा यहीँ पुस २७ गते सम्मको लागि स्थगित भएको छ भने कालिकोटमा भोली अर्थात पुस २४ गते शनिबार हुने एमालेले कर्णाली प्रदेशले जनाएको छ । साथै यी तीन जिल्लामा अधिवेशन स्थगित भने बिहीबारबाट भएको मौसम बदलीको कारणले चिसो बढेको हुँदा अधिवेशन स्थगित गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
-
विपक्षी दलहरूको बैठक सुरु
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण