सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न ओलीको निर्देशन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न कार्यकर्तापंक्तिलाई निर्देशन दिएका छन् । शुक्रबार पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले सहमतिमै नेतृत्व चयन गरी पार्टीमा एकताको सन्देश दिन आग्रह गरेका हुन् ।
उनले हालै सम्पन्न राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन, वडा अधिवेशनमा पनि सहमतिलाई नै जोड दिएको उल्लेख गरे । उपस्थित चुनौती सामना गर्ने र प्रकट भएका सम्भावना साकार तुल्याउने सन्दर्भमा सिङ्गो पार्टी पङ्क्तिमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।
उनले भने, ‘आफ्ना साना क्षणिक हित तथा प्रतिष्ठाभन्दा माथि हामीमाथि रहेका चुनौती सामना गर्नु ज्यादै महत्त्वपूर्ण कुरा हो भन्ने बुझ्न पर्छ ।’ सहमति हुन नसक्दा लोकतान्त्रिक अभ्यासमार्फत स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने उनले बताए । सकेसम्म सहमतिमा पुग्न, सहमतिका साथ नेतृत्व निर्माण गर्न र टीम स्प्रिटका साथ अघि बढ्न उनले कार्यकर्तालाई निर्देशन दिए । कथम् कदाचित् त्यस्तो नभए स्वस्थ प्रतिस्पर्धामा जान र नेतृत्व चयन गर्न उनको सुझाव थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
