ओलीलाई मनाउने जिम्मा देउवालाई, समय लिएर बालकोट जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ओलीलाई भेट्न देउवा बालकोट जाने भएका छन् । उनले भनिन्, ‘हाम्रो आजको बैठकले संसदको गतिरोध अन्त्यका लागि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग सांसद गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको छ । समय लिएर प्रधानमन्त्रीजी उहाँलाई भेट्न बालकोट जाने कुरा भएको छ ।’
बुधबार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट ओलीलाई भेटेका थिए । पौडेलसँगको भेटमा ओलीले प्रधानमन्त्री देउवासँग संवाद गर्न चाहेको आशय व्यक्त गरेका थिए । त्यसपछि बिहीबार उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजक पौडेलले बैठक राखेर संसदको गतिरोध अन्त्यका विषयमा छलफल थालेका थिए ।
सोही बैठकको निरन्तरता स्वरुप आज बसेको समितिको बैठकले ओलीसँग संवाद गर्न प्रधानमन्त्रीलाई जिम्मा दिएको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त गरेको भन्दै २३ भदौयता एमालेले सांसदका बैठकमा नाराबाजी गर्दै आएको छ ।
संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए । उनले भने, ‘विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण