बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मल खरिदका लागि जीटुजी सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी हुँदै

शुक्रबार, २३ पुस २०७८, १२ : १७
शुक्रबार, २३ पुस २०७८

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिदका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी जुटेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको अवसरमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी मन्त्रालयको थियो । तर प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता पत्रमा कसरी हस्ताक्षर गर्ने विषयमा छलफल भइरहेको कृषि मन्त्रालयका सचिव डा.गोविन्द शर्माले बताए ।

पाँच वर्षसम्म भारतबाट रासायनिक मल खरिद गर्ने सहमति भए अनुसार दुई पक्षको बीचमा सम्झौता पत्रमा हस्ताक्षर हुने तयारी पुरा थियो तर अचानक भ्रमण स्थगित भएपछि अब के गर्ने विषयमा कृषि मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासको बीचमा समन्वय भइरहेको छ ।

सम्झौता पत्रमा भौतिक उपस्थितिमा हस्ताक्षर गर्ने कि भर्चुअल गर्ने यस विषयमा दुवै पक्षको बीचमा परामर्श चलिरहेको छ, एक दुई दिनमा टुङ्गो लगाएर हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले भारतबाट पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति भएको मन्त्रालयले जनाएको छ । सम्झौता पत्रमा हस्ताक्षरका लागि मन्त्रीपरिषद्ले पनि अनुमति दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप