बीपी प्रतिष्ठानका ५९ वटा आवासमा ‘बाहिरिया’ को हालीमुहाली (सूचीसहित)
धरानमा अवस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवास र जग्गाजमीनमा विभिन्न व्यक्ति र कम्पनीले कब्जा जमाएर हालीमुहाली गरिरहेको पाइएको छ । प्रतिष्ठानको आवास कब्जा गर्नेहरूमा भारतीय नागरिक र कम्पनीसमेत छन् ।
बीपी कोइराला प्रतिष्ठानको जग्गा आवास सम्बन्धी छानबिन समितिको प्रतिवेदन अनुसार भारतीय दूतावासद्वारा सञ्चालित धरानको दिल्ली पब्लिक स्कुलका भाइस प्रिन्सिपल र १३ जना शिक्षकहरू अस्पतालको आवास गृहमा बस्दै आएका छन् । एकाउन्ट अफिसर पनि अस्पतालको आवासमै बस्दै आएका छन् ।
बीपी प्रतिष्ठानले दिल्ली पब्लिक स्कुलका शिक्षक र कर्मचारीलाई सस्तोमा आवास उपलब्ध गराएको छ । १५ जनाले आवास प्रयोग गरेबापत स्कुलले प्रतिष्ठानलाई १० हजार १५० रुपैयाँ मात्र बुझाउने गरेको छ ।
त्यसो त सिमेन्स इण्डिया नामको भारतीय कम्पनीले समेत बीपी प्रतिष्ठानको भवन प्रयोग गरिरहेको छ । सो कम्पनीका सर्भिस इञ्जिनियर विश्वनाथ सरकार बस्ने भनेर सम्झौता गरी अन्य व्यक्तिलाई त्यहाँ राखिएको छ । यो भारतीय कम्पनीले अहिलेसम्म प्रतिष्ठानलाई घर भाडा बुझाएको छैन । विद्युत् महसुलसमेत बक्यौता निस्किएको छ ।
भारतीयहरू जस्तै नेपालका पनि विभिन्न कम्पनी र व्यक्तिहरूले प्रतिष्ठानको जग्गा र आवासमा कब्जा जमाउँदै आएका छन् । प्रतिष्ठानसँग मिलेमतो गरेर किड्जी स्कुल मासिक १५ हजार रुपैयाँ तिरेर प्रतिष्ठानको संरचनामै सञ्चालित हुँदै आएको छ । स्कुल र प्रतिष्ठानबीच कुनै सम्झौताको कागजात फेला नपरेको छानबिन समितिको रिपोर्टमा उल्लेख छ ।
प्रा.डा. अनुप घिमिरे संयोजकत्वको आवास समितिले बुझाएको प्रतिवेदन अनुसार प्रतिष्ठानका विभिन्न ५९ वटा आवास अनधिकृत व्यक्तिहरूले प्रयोग गरिरहेका छन् । केटीएम सेक्युरिटी सर्भिसले सबैभन्दा बढी १८ वटा आवास कब्जामा लिएको छ भने दिल्ली पब्लिक स्कुलले १३ वटा आवास सस्तो भाडामा प्रयोग गरिरहेको छ । भीआइपी सेक्युरिटी सर्भिसले ९ वटा आवास कब्जामा लिएको छ ।
हेर्नुहोस् विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण