पदाधिकारी चयन गर्न बोलाएको माओवादी बैठक कोरोनाले स्थगित
नेकपा माओवादी केन्द्रले पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ । माओवादी केन्द्रका केही नेताहरुमा कोभिड संक्रमण देखिएकाले बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।
‘केही नेताहरुमा कोभिड संक्रमण देखियो, कार्यालयका कर्मचारीहरुमा पनि कोभिड देखियो, यी दुवै कारणले गर्दा २५ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ’, सचिव ढकालले रातोपाटीसँग भने, ‘अरु कारण केही छैन ।’
माओवादीको पुस १८ गते सकिएको राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । सोही कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी चयन भएका थिएनन् । २५ गते बस्ने बैठकले उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकारी छनोट गर्ने नेताहरुले बताएका थिए । २५ गतेको बैठक स्थगित भएसँगै माओवादीका अन्य पदाधिकारी चयनमा पनि ढलाई हुने भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण