अझै सुरु भएन फिल्म ‘सत्यम्’ को छायाँकन
अभिनेता राजेश हमाल, पल शाह, उपासनासिंह ठकुरी लगायतको मुख्य भूमिका रहने फिल्म हो ‘सत्यम्’ । फिल्म निर्माण घोषणा भएको करिब एकवर्ष बढी समय भएको छ । तर अहिलेसम्म पनि छायाँकन सुरु हुन सकेको छैन ।
अब भने फिल्मको छायाङ्कन सुरु हुने भएको छ । अर्काे साता एक कार्यक्रम गर्दै फिल्मको छायाँकन मिति र टिम सार्वजनिक गर्ने निर्देशक शंकर कार्कीले बताए ।
‘आन्तरिक तयारी र विभिन्न कारणले हामी फिल्मको छायाङ्कनका निर्धारित समयभन्दा धेरै ढिलो भएका छौ’ निर्देशक कार्कीले भने, ‘बल्ल तयारी सकिएको छ । छिट्टै छायाङ्कनमा निस्कन्छौ ।’ रेशम सापकोटा निर्माता रहेको फिल्म ७ करोडको बजेटमा निर्माण गर्न लागिएको हो । फिल्ममा अनुपविक्रम शाही र अभय बराल, मिलन सिजापति, मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्सप्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारको समेत अभिनय रहनेछ ।
योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको छायाङ्कनका लागि पोखरामा भब्य सेट समेत बनाइएको छ । फिल्म मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायाङकन हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)