ad
x

प्रयोगकर्तालाई ट्रयाकिङ गरेको आरोपमा गुगल र फेसबुकलाई फ्रान्सको २१ करोड युरो जरिवाना

person explore access_timeपुस २३, २०७८ chat_bubble_outline0

 


फ्रान्सको तथ्यांक गोपनियता वाचडगले बिहिबार गुगल र फेसबुकलाई संयुक्त रुपमा २१ करोड युरो जरिवाना लगाएको छ ।



फ्रान्सेली निगरानी आयोग सीएनआईएलले गुगललाई १५ करोड र फेसबुकलाई ६ करोड युरो जरिवाना लगाउने योजना बनाएको छ ।



फ्रान्सेली प्रयोगकर्तालाई कुकी ट्र्याकिङ टेक्नोलोजी सजिलै अस्वीकार गर्न अनुमति दिन असफल भएकोमा उक्त  कारबाही गरिएको बुधबार प्रकाशित एक रिपोर्टमा भनिएको छ ।



नियामकका अुनसार यदि कम्पनीले यो आदेश तीन महिनाभित्र पालना नगरेमा उनीहरुलाई प्रतिदिन १ लाख युरोको अतिरिक्त जरिवाना भर्नुपर्ने हुन्छ ।



‘हामी आयोगको निर्णयमाथि समीक्षा गरिरहेका छौं र सम्बन्धित निकायसँग काम गर्न प्रतिबद्ध छौं,’ मेटाका प्रवक्तालाई उद्धृत गर्दै उक्त रिपोर्टमा भनिएको छ ।



 ‘हाम्रो कुकी कन्सेन्ट कन्ट्रोल्र्सले मानिसलाई आफ्नो डाटामा थप नियन्त्रण प्रदान गर्दछ । फेसबुक र इन्स्टाग्राममा नयाँ सेटिङ मेनुसहित जहाँ मानिसहरुले कुनै पनि समयमा आफ्ना निर्णयहरु पुनः हेर्न र व्यवस्थापन गर्न सक्छन् । हामी यी नियन्त्रणहरु विकास र सुधार गर्न जारी राख्नेछौं,’ प्रवक्ताले थपेका छन् ।



यसबारे गुगलले भने केही प्रतिक्रिया दिएको छैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।