चीनसँगको मनमुटाव बीच भारतसहित ६ देशका नौसेनाको युद्ध अभ्यास
![चीनसँगको मनमुटाव बीच भारतसहित ६ देशका नौसेनाको युद्ध अभ्यास](https://rpcdn.ratopati.com/media/albums/22cf67a6-a83d-4f77-8c7d-0eca57e73a8e_GVGGs5YBlt.png)
भारत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडा र दक्षिण कोरियाका नौसेना पश्चिमी प्रशान्त क्षेत्रस्थित गुआममा एक ठूलो पनडुब्बी रोधी युद्ध अभ्यास (एएसडब्ल्यू) मा भाग लिइरहेका छन् ।
अमेरिकी नौसेनाको सातौँ फ्लिटले ‘सी ड्र्यागन २२’ अभ्यास प्रमुख रुपमा पनडुब्बी राोधी युद्ध प्रशिक्षण र अभ्यासमा केन्द्रीत भएको जानकारी दिएको छ ।
अमेरिकी नौसेनाले बयान जारी गर्दै भनेको छ, ‘गोल्डन सोर्डस्म्यान’ र ‘द ट्राइडेन्ट्स’ मार्फत् दुई यूएस नेवी पी–एटए पसाइडन एयरक्राफ्ट अष्ट्रेलिया, क्यानडा, भारत, जापान समुद्री आत्मरक्षा बल र दक्षिण कोरियासँग सी ड्र्यागन २२ अभ्यास गरिरहेको छ ।’
६ देशबीच बुधबारदेखि सुरु भइरहेको यो युद्धाभ्यास हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच भइरहेको छ ।
यसअघि भारत, अमेरिका, जापान र अष्ट्रेलियाको नौसेनाले मालाबार नौसेना युद्धाभ्यास गरेको थियो ।
चार देशको समूह क्वाडमा पनि भारत, अष्ट्रेलिया र जापान समावेश छ । चीन यो समूहको विषयमा आशंका जताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता