भारतमा ७ महिना पछि कोरोना संक्रमितको दैनिक संख्या १ लाख पार
शुक्रबार, २३ पुस २०७८, १० : ०८
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,१७,१०० नयाँ संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । बुधबार भारतमा कोरोनाका ९० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका थिए । भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि ६ जुनमा एक लाख बढी संक्रमित भेटिएका थिए ।
भारतमा हालसम्म ३,५२,२६,३८६ नयाँ संक्रमित भेटिइसकेका छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३०२ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ ४.८३ जनाको मृत्यु भइसकेको छ ।
भारतमा निको हुने दर ९७.५७ प्रतिशत छ । पछिल्लो २४ घण्टामा यहाँ ३०,८३६ बिरामी निको भएका छन् । हालसम्म यहाँ ३,४३,७१,८४५ जनाले कोरोनालाई जितिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्किएका आप्रवासी श्रमिकहरूको पुनः एकीकरणका लागि सचेतना अभियान
-
भुटानको दुई उमेर समूहको महिला फुटबल टोली नेपालमा
-
अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
-
किन असफल भयो टीआरसी सिफारिस समिति ? अब के हुन्छ ?
-
सुनको गहनामा जर्तीको नाममा रकम असुल्ने कार्य बन्द गर्न आग्रह
-
वरिष्ठ जनरलको हत्या मामिलामा रुसमा उज्वेकिस्तानी नागरिक पक्राउ