ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।
सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको र अमेरिकामा यो सङ्ख्या १०० प्रतिशत रहेको छ । गम्भीर बिरामीहरूमध्ये ९० प्रतिशत खोप नलगाएकाहरू छन् ।
‘खोप लगाएका मानिसमा डेल्टाको तुलनामा ओमिक्रोन कम घातक रहेको पाइएको छ तर यसलाई ‘माइल्ड’ नै भनेर वर्गिकरण गर्न मिल्दैन,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. टेड्रोसले भने, ‘पहिलाका भेरियन्टजस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ । सङ्क्रमितको सुनामी यति ठूलो र तीव्र छ कि यसले विश्वभरकै स्वास्थ्य व्यवस्थालाई तहसनहस बनाउँदैछ ।’
ओमिक्रोन निकै सङ्क्रामक रहेको छ र यसले खोप लगाएका मानिसलाई पनि सङ्क्रमित गर्न सक्छ । तर, खोपले गम्भीर बिरामी बनाउनबाट भने रोक्ने बताइएको छ । बिहीबार बेलायतमा १ लाख ७९ हजार ७५६ जना सङ्क्रमित थपिएका छन् भने २३१ जनाले ज्यान गुमाएका छन् । विश्वका अन्य देशहरूमा पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको छ । डेल्टाले आईसीयूमा दबाब बढेको थियो भने ओमिक्रोनले जनरल बेडहरूमा दबाब बढेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय