देशमा धान उत्पादन घट्यो, धनुषामा बढ्यो

मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएको छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ५९ हजार हेक्टरमा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय टन धान उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ११ हजार ४ सय ७० टन बढी धान उत्पादन भएको हो ।
गत आव ०७७/०७८मा ५९ हजार हेक्टरमा १ लाख ७७ हजार ३ सय ३० टन धान उत्पादन भएको थियो ।
धनुषामा यस वर्ष ७५ प्रतिशत सोना मंसुली र बाँकी २५ प्रतिशतमा बासमती तथा स्वर्णसब-१ ,कतरनीसहितका धान उत्पादन भएको केन्द्रका वागबानी अधिकृत प्रदीपकुमार यादवले बताए ।
केन्द्रीय तथ्यांक अनुसार गत आवमा धनुषामा प्रतिहेक्टर ४ टन धान उत्पादन भएको थियो भने यस वर्ष प्रतिहेक्टर ४ भन्दा कम उत्पादन भए पनि बढी जमिनमा धान खेती भएकाले समग्र उत्पादन बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने
-
जेठ मसान्तभित्र एकता प्रक्रिया टुङ्ग्याउने गरी माओवादी र नेसपाबिच सहमति !
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित