वडा कार्यालय भवन निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन
शुक्रबार, २३ पुस २०७८, ०८ : १४
![वडा कार्यालय भवन निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन](https://rpcdn.ratopati.com/media/albums/Ward-Office_032v8GyuiN_sPyScZFxZ8.jpg)
शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।
वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन् । आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए ।
नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो । उनले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जवाफ पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले बागमती सरकारबाट बाहिरियो, मन्त्रीहरुले बुझाए राजीनामा
-
कल्कीको सफलतापछि प्रभासले गर्लान् बिहे ?
-
ललितपुर महानगरपालिकाद्वारा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुनःनिर्माण
-
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
-
सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ कायम, चाँदीको कति ?
-
चेपुवामा परेको विज्ञान तथा प्रविधि मन्त्रालय