नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे ?
सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने चक्रबहादुर सिंहलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।
यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो उपप्रमुख नक्सालमा सुरुवा गरिएको छ ।
भीमप्रसाद ढकालको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा हुँदा राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।
यस्तो छ एसएसपी सुरुवाको सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै