बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

शुक्रबार, २३ पुस २०७८, ०६ : ५१
शुक्रबार, २३ पुस २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ । संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो । 

बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताएको छ । संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ । 

केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ । महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठकहरू सम्पन्न भएका छन् । 

संघका अध्यक्ष कुमार पन्तद्वारा विवाद मिलाउन गठित एक उपसमितिभित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप