ललिता निवास प्रकरणः ‘हाइप्रोफाइल’लाई के हुन्छ ?
बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सीआईबीले सो प्रकरणको विषयमा ३ सय बढी व्यक्तिलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो भने बिहीबार बुझाएको प्रतिवेदनमा पनि उनीहरूलाई नै प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । सीआईबीले उनीहरूविरुद्ध सरकारी कागज किर्ते गरेको कसुरमा अनुसन्धान गर्दै मुद्दा लगेको हो ।
सीआईबीले भने हालसम्म प्रतिवादी बनाइएका तीन जनालाई मात्रै पक्राउ गरेको छ । पक्राउ पर्नेमा शोभाकान्त ढकाल, रामकुमार सुवेदी र उनकी पत्नी माधवी छन् । उच्च स्रोतका अनुसार सीआईबीले अन्य सबै प्रतिवादीलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरेको हो ।
सीआईबीले विभिन्न फरकफरक समयमा गरी चार पटक कागजात किर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ चारवटा अनुसन्धान प्रतिवेदन बुझाएको हो । २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चारपटक सरकारी जग्गालाई व्यक्ति र गुठीको नाममा ल्याएको पाइएको सीआईबीको दाबी छ ।
सीआईबीले चार जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा टोली बनाएर सो प्रकरण’दयगत अनुसन्धान गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले तीन पूर्वमन्त्रीलाई मुद्दा चलाए पनि सीआईबीले भने उनीहरूलाई जोगाउँदै आइरहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ९.५४ अंकको गिरावट, कारोबार पनि खस्कियो
-
निर्वाचन आयोगले आफ्नो जनप्रतिनिधिलाई दबाब दिएको जसपा नेपालको आरोप
-
‘लिभ-इन’बारे जिनतको समर्थनमा सोमी, भनिन्- यसले सम्बन्धविच्छेदको सम्भावना कम गर्छ
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य