शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

अब महालक्ष्मी विकास बैंकका ग्राहकले इजिलिंङ्कबाट पनि रेमिट्यान्स सेवा पाउने

बिहीबार, २२ पुस २०७८, २२ : ०७
बिहीबार, २२ पुस २०७८

महालक्ष्मी विकास बैंकले अब इजिलिंङ्क रेमिट्यान्ससँग पनि सहकार्य गर्ने भएको छ । बैंकले आफ्नो बैंकिङ सेवासँगै रेमिट्यान्स सेवालाई समेत थप उचाइमा पुर्याउन इजिलिंङ्कसँग सहकार्यको घोषणा गरेको हो । बिहीबार बैंकले इजिलिंङ्क रेमिट्यान्स प्रालिसँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच भएको सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्स प्रालि।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले अब विश्वका विभिन्न स्थानहरूबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत रेमिट्यान्स सेवा प्राप्त गर्न सक्नेछन् । 

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न समेत सक्ने बैंकले जनाएको छ ।  बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ । 

यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दती योजना समेत संचालनमा ल्याएको बैंकले बताएको छ ।  हाल यस योजना अन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप