शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

बच्चाको अश्लिल भिडियो सेयर गर्ने ९ जना प्रहरीलाई विभागीय कारवाही

सशस्त्रका हवल्दारलाई कारवाही सिफारिस
बिहीबार, २२ पुस २०७८, २० : १९
बिहीबार, २२ पुस २०७८

सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् । 

चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरीलाई कारवाही गरेको छ । 

अश्लिल भिडियो सेयर गर्ने दुईजनालाई नसियत दिइएको र अरु ७ जनालाई सचेत गराएको प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । उनले भने–‘त्यस्तो भिडियो आएपछि विभागलाई जानकारी गराउनुपर्नेमा उनीहरुले सेयर गरेको देखिएपछि विभागीय कारवाही गरेका हौं ।’

चाइल्ड पोर्नसम्बन्धी सो भिडियो भारत वा इन्डोनेसिया बनेको हुनसक्ने बताइएको छ । शुरुमा फेसबुकमा भिडियो सेयर गर्ने सशस्त्रका हवल्दार गणेश भण्डारीलाई कारवाही गर्न प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरीको मुख्यालयलाई पत्र पठाएको छ । मंसिर १६ मा बालबालिकाको हितमा काम गर्ने संस्था नेशनल सेन्टर फर मिसिङ एण्ड एक्स्प्लोटेड चिल्डर्न (एनसीएमईसी)ले पत्र लेखेपछि सो घटना बाहिर आएको थियो । 

सामाजिक सञ्जाल फेसबुक अकाउन्ट खोल्दा नेपाल प्रहरीका एकजना जवानले जिल्ला प्रहरी कार्यालय बाग्लुङको इमेल प्रयोग गरेका थिए । सो इमेलको आधारमा प्रहरी कर्मचारी संलग्न रहेको खुलेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप