रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता
नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरू सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।
'नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारीमा रहेको छ' विज्ञप्तिमा भनिएको छ ।
खरेलका अनुसार निर्वाचन आयोगले नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले सनाखत गरेका छन् । जसमा अध्यक्षमा खरेल छन् भने उपाध्यक्षमा राजकुमार यादव, चन्द्रबीर नेम्वाङ्ग, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल छन् । पार्टीको महासचिवमा गोविन्द गिरी रहेका छन् ।
त्यस्तै सचिवहरुमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन् । कोषाध्यक्ष भक्तबहादुर श्रेष्ठ र सहकोषाध्यक्ष मिनकुमार श्रेष्ठ रहेको पार्टीमा केन्द्रीय सदस्यहरु गणेश घिमिरे, विनादेवी, प्रदीप चौधरी, अनिल पटेल, बासुदेव तिवारीलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
-
पोर्चुगलमा ‘सम्झनाको फोटोकपी’ लोकार्पण
-
‘सलमान लापरवाह तर कामप्रति इमानदार पनि छन्’
-
नेपालका लागि सबैभन्दा धेरै टी–२० खेल्ने खेलाडी बने सोमपाल
-
एडीबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने
-
भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने